कोभिड-१९

फेरि बढ्याे कोभिड संक्रमितको संख्या, आज मात्रै ८४ जनामा संक्रमण

इकागज |
चैत २३, २०७९ बिहीबार २०:१ बजे

काठमाडौँ- पछिल्लो २४ घण्टामा ८४ जनामा कोभिड-१९ काे संक्रम‍ण पुष्टि भएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४०२ नमुना परीक्षण मध्ये ८४ जनामा कोभिड संक्रमण देखिएको हो । जसअनुसार २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोभिड देखिएको हो ।


यसैगरी हाल  कोभिड संक्रमितको संख्या ३५८ रहेकाे छ । जसमध्ये आइसोलेसनमा १७ जना, आईसीयूमा ४ र भेन्टिलेटरमा एक जना कोभिडका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x