कोभिड-१९

एकै दिन ९९ जना काेभिड-१९ संक्रमण पुष्टि

इकागज |
चैत २४, २०७९ शुक्रबार १९:८ बजे

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ९९ जना काेभिड-१९ संक्रमण पुष्टि भएको छ ।

एक हजार ६३५ वटा नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो । आज २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७३ पुगेको छ ।


शुक्रबारसम्म अस्पतालमा भर्ना भएका १७ जनामध्ये चार जना आइसीयु तथा एक जना भेन्टलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x