कोभिड-१९

भारतबाट भित्रिएका थप एक जनामा कोरोना संक्रमण

इकागज |
पुस १९, २०८० बिहीबार २०:३२ बजे

फाइल फोटो

धनगढी - आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाका भएर एक सय जना, बैतडीको झुलाघाट नाकाभएर ७, कैलालीको गौरीफन्टा नाकाभएर १४३ र दार्चुलाको पुलघाट नाकाभएर ६ जना सुदूरपश्चिम भित्रिएका छन्।


सुदूरपश्चिममा विभिन्न नाका भएर आज भित्रिएका कुल २५६ जनामा ३१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार प्रदेशभित्र यो सँगै कोरोना संक्रमित हुनेको सङ्ख्या १० पुगेको छ। 


Author

थप समाचार
x