कोभिड-१९

गोरखामा पनि एक जनामा कोरोना पुष्टि

इकागज |
माघ २, २०८० मंगलबार २०:२८ बजे

गोरखा- गोरखामा पनि एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शहिद लखन गाउँपालिका-७ बुंकोटका ४० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ । भाइरस नयाँ भेरिएन्ट हो वा होइन भन्नेबारे भने पुष्टि नभएको अस्पतालकी सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन् ।


ज्वरो र रुघाखोकी लागेर सोमबार अस्पतालमा उपचार गराउन आएकोमा कोरोनासँग मिल्दो लक्षण देखिएपछि उनले बताइन् ।

उनलाई होम आइसोलेसनमा बस्न भनिएको अस्पतालले जनाएको छ ।


Author

थप समाचार
x