कोभिड-१९

गड्डाचौकी नाकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

इकागज |
माघ ४, २०८० बिहीबार १९:२३ बजे

कञ्चनपुर- कञ्चनपुरको गड्डाचौकी नाकामा बिहीबार थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारत उत्तराखण्डको नैनीतालबाट घर फर्किरहेका बर्दियाका दुई जनामा संक्रमण पुष्टि भएको हो । 

बिहीबार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज प्रेम सिंह भण्डारीले बताए ।


उनीहरूलाई काउन्सिलिङ गरेर होम आइसोलेसनमा बस्ने गरी घरतर्फ पठाइएको उनले बताए ।


Author

थप समाचार
x