कोभिड-१९

कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन सुरु, प्रधानमन्त्री देउवाले गरे उद्‌घाटन (फोटो फिचर)

इकागज |
साउन ४, २०७८ सोमबार ११:४७ बजे

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउनु पहिलो प्राथमिकतामा रहेको बताएका छन् । सोमबार जोरपाटीको नेपाल अर्थोपेडिक अस्पतालको कोभिड खोप केन्द्रको अवलोकन गर्दै खोप लगाइदिने कार्यक्रमको शुभारम्भ गरेका छन् ।


खगेन्द्र नवजीवन केन्द्रमा प्रधानमन्त्री देउवा र अमेरिकन राजदूत र्‍यान्डी बेरी अपाङ्गता भएका व्यक्तिलाई अमेरिकन खोप लगाइदिने कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

देउवाले आज उपत्यकाको अन्य खोप केन्द्र अनुगमन गर्ने कार्यक्रम रहेको छ । खोप सहज रुपमा लगाउने व्यवस्था मिलाउन देउवाले निर्देशनसमेत दिएका छन् । 


Author

थप समाचार
x