कोभिड-१९

अमेरिकाद्वारा नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

इकागज |
भदौ १५, २०७८ मंगलबार २२:१२ बजे

काठमाडौँ : अमेरिकी सहयोगमा आइपुगेको कोभिड-१९ स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरिएको छ । अमेरिकाको ९० मिलियनभन्दा बढीको कोभिड-१९ सम्बन्धी सहयोगकै क्रममा थप स्वास्थ्य सामग्री अमेरिकी युएस फोर्सको विमानमार्फत नेपाल आइपुगेको हो ।

यो स्वास्थ्य सामग्री नेपाल ल्याउन गैरआवासीय नेपाली संघ लगायतको सहयोग रहेको पनि काठमाडौँमा रहेको अमेरिकी दुतावासले जनाएको छ । अमेरिकाबाट आएको स्वास्थ्य सामग्री मंगलबार नै नेपाल सरकारलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै हस्तान्तरण गरिएको हो ।



Author

थप समाचार
x