कोभिड-१९

आज थप १५ मा कोभिड पुष्टि

इकागज |
बैशाख १५, २०७९ बिहीबार १६:३४ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ४ हजार ८ सय ८२ पिसिआर परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


त्यस्तै ९ सय ९३ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।्

कोरोनाका कारण बिहीबार पनि कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप १८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ९३ जना निको भएका छन् । 

हाल नेपालमा २ सय ४९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x