क्रिकेट

जब राजस्थान रोयल्सका मालिकले टेलरलाई थप्पड हाने…

इकागज |
साउन २९, २०७९ आइतबार ११:१७ बजे

काठमाडौँ- न्यूजिल्यान्ड क्रिकेट टिमका पूर्वकप्तान रोस टेलरले इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब राजस्थान रोयल्सका एक मालिकले थप्पड हानेको खुलासा गरेका छन् ।

सन् २०११ को आईपीएल खेलका क्रममा राजस्थानका एक मालिकले अनुहारमा तीन वा चार पटक थप्पड हानेको टेलरले खुलासा गरेको क्रिकबजले जनाएको छ । 


आफ्नो आत्मकथा ‘ब्ल्याक एन्ड ह्वाइट’ मा टेलरले एक खेलमा शून्य रनमा आउट भएपछि क्लबका मालिकले आफूलाई थप्पड हानेको खुलासा गर्दै उनले विस्तारै हिर्काएर रमाइलो माहोल बनाउने खोजेको बताए । तर टेलर थप्पड रमाइलोको रुपमा मात्र नभएको खुलासा गरे । 

मोहालीमा किंग्स-११ पञ्जाबविरुद्धको खेलमा १ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा टेलर शुन्य रनमा आउट भएका थिए । त्यसपछि होटलको बारमा खेलाडी, व्यवस्थापक तथा कर्मचारीहरू भेला भएका थिए । 

‘राजस्थानका एक मालिकले हामीले शून्य रनमा आउट हुनका लागि तिमीलाई करोडौँ रकम नदिएको भन्दै मेरो अनुहारमा तीन वा चार पटक थप्पड हाने,’ टेलरले लेखेका छन् ।
 


Author

थप समाचार
x