क्रिकेट

राष्ट्रिय क्रिकेट टिमलाई सम्मान

इकागज |
चैत ४, २०७९ शनिवार १९:२७ बजे

काठमाडौँ- ​एमडीएसी स्पोर्ट्सले आइसिसी विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ ।

ए डिभिजन लिगको मार्केटिङ कम्पनी समेत रहेको एमडीएसीले शनिबार दशरथ रंगशालामा राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको हो । ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीचको खेल दौरान अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतले खेलाडीलाई सम्मान गरेका हुन् ।


विश्वकप क्रिकेट लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै क्रिकेट टिमलाई सम्मान गरिएको एमडीएसी स्पोर्ट्सले जनाएको छ । लिग टू अन्तर्गत टियु क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार युएईलाई पराजित गर्दै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको थियो । 


Author

थप समाचार
x