क्रिकेट

'खेल भावना देखाएका' क्रिकेटर आसिफ शेखले जिते एमसीसी र बीबीसीको अवार्ड

इकागज |
चैत ७, २०७९ मंगलबार ९:८ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले २०२२ को क्रिस्टोफर मार्टिन-जेनकिन्स स्पिरिट अफ क्रिकेट अवार्ड हात पारेका छन् ।

आयरल्यान्डविरुद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलका क्रममा देखाएको खेल भावनाको कदर गर्दै इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र बीबीसीले शेखलाई सो अवार्ड दिने घोषणा गरेको हो ।


बलर कमल सिंह ऐरीसँग ठोक्किएपछि आयरल्यान्डका ब्याट्सम्यान एन्डी म्याकब्राइनलाई शेखले रन आउट गर्न अस्वीकार गरेका थिए । विपक्षीलाई न्यान नहुने अचानक मनमा लागेपछि एन्डीलाई रन आउट नगरेको शेखले प्रतिक्रिया दिए ।

अवार्डको स्थापना गरेका एमसीसी र बीबीसीले सार्वजनिक रुपमा उक्त अवार्डका लागि मनोनयन आह्वान गरेका थिए ।


Author

थप समाचार
x