क्रिकेट

पाकिस्तानमाथि अफगानिस्तानको कीर्तिमानी जित

इकागज |
चैत ११, २०७९ शनिबार ८:५७ बजे

काठमाडौँ- अफगानिस्तानले पाकिस्तानमाथि अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी जित हात पारेको छ । तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेल अफगानिस्तानले ६ विकेटले जित्दै कीर्तिमान कायम गरेको हो ।

अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि फर्म्याटमा पाकिस्तानमाथि जित हात पारेको यो पहिलो अवसर हो । युएईको शारजाहमा शुक्रबार राति भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ६ विकेटले पराजित गर्‍यो ।


जितका लागि चाहिएको ९३ रनको लक्ष्य अफगानिस्तानले १७ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । अफगानिस्तानलाई जित दिलाउन मोहमद नावीले अविजित ३८ रनको योगदान गरे । पाकिस्तानका इहसानुल्लाहले २ तथा नसिम शाह र इमाद वासिमले एक-एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९२ रनमात्र जोड्न सक्यो । इमाद वासिमले सर्वाधिक १८ रन जोडे ।

अफगानिस्तानका लागि फजाल्हक फारुकी, मुजिब उर रहमान र मोहमद नावीले समान २-२ विकेट हात पारे ।


Author

थप समाचार
x