क्रिकेट

श्रीलंकामाथि न्यूजिल्यान्डको १९८ रनको जित

इकागज |
चैत ११, २०७९ शनिवार १३:३२ बजे

काठमाडौँ- घरेलु टोली न्यूजिल्यान्डले श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय खेल १ सय ९८ रनले जितेको छ । अकल्यान्डमा आज भएको खेलमा न्यूजिल्यान्डले श्रीलंकालाई ७६ रनमै अलआउट पारेपछि खेल १ सय ९८ रनले जितेको हो ।

२ सय ७५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७६ रनमात्र जोड्यो । श्रीलंकाका लागि एन्जेलो म्याथ्यूजले सर्वाधिक १८ रन जोडे । श्रीलंकालाई सस्तैमा समेट्न न्यूजिल्यान्डका हेनरी शिपलेले ५ विकेट तथा डेरिल मिचेल र ब्लेर टिकनरले समान २-२ विकेट लिए ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले ४९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ७४ रन जोड्यो । न्यूजिल्यान्डका लागि फिन एलेनले ५१ रन, रचिन रविन्द्रले ४९ तथा डेरिल मिचेलले ४७ रनको योगदान गरे ।

श्रीलंकाका चमिका करुनारत्नेले ४ तथा कसुन राजिथा र लाहिरु कुमाराले २-२ विकेट लिए ।

यससँगै ३ खेलको सिरिजमा न्यूजिल्यान्डले १-० को अग्रता लिएको छ ।


Author

थप समाचार
x