क्रिकेट

मेयर्स कप क्रिकेटमा मधेशको पहिलो जित

इकागज |
चैत १३, २०७९ सोमबार १२:३५ बजे

काठमाडौँ- ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा मधेशले आयोजक ललितपुर मेयर्स-११ लाई १ विकेटले पराजित गर्दै तीन खेलमा पहिलो जित हात पारेको हो ।

९७ रनको लक्ष्य मधेशले १९ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो । मधेशका लागि सरस्वती चौधरीले अविजित ३२ रन जोड्दा सिमा कुँवरले १५ रन तथा अलिशा यादवले १६ रन बनाए । ललितपुर मेयर्सका लागि कृतिका मरासिनी र सोनी पाखरिनले २-२ तथा मनिषा उपाध्याय र अस्मिना कर्माचार्य १-१ विकेट लिए ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन जोड्यो । ललितपुर मेयर्सका लागि सोनी पाखरीनले ३४ रन, लक्ष्मी चौधरीले २३ रन र श्रृष्टी जैसीले १५ जोडे ।

मधेशका लागि सरस्वती चौधरीले सर्वाधिक २ तथा कविता गौतम, रोजी कडारी र अनुराधा चौधरीले एक-एक विकेट लिए ।


Author

थप समाचार
x