क्रिकेट

बंगलादेशकाे क्रिकेट टिममा सकिबको स्थानमा लिटन दास कप्तान

इकागज |
जेठ २२, २०८० सोमवार १०:५० बजे

काठमाडौँ- बंगलादेश क्रिकेट बोर्डले अफगानिस्तानविरुद्धको टेस्ट खेलका लागि लिटन दासलाई कप्तान चयन गरेको छ । पाहुना टोली अफगानिस्तान र बंगलादेशबीच जुन १४ बाट एउटा टेस्ट खेल हुने तालिका रहेको छ ।

तर कप्तान शकिब अल हसन घाइते भएपछि उनको स्थानमा दासलाई कप्तान चयन गरिएको बोर्डले जनाएको छ । शकिब कम्तिमा पनि ६ हप्ता मैदानबाहिर बस्ने भएका छन् ।


गत महिना आयरल्यान्डविरुद्धको एकदिवसीय सिरिजका क्रममा शकिबको हातमा चोट लागेको थियो । अब उनको स्थानमा दासले अफगानिस्तानविरुद्ध कप्तानी गर्ने भएका हुन् ।

अफगानिस्तानविरुद्धको खेलका लागि बंगलादेशले १५ सदस्यीय टिमको घोषणा गरेको छ ।


Author

थप समाचार
x