क्रिकेट

नेपालको एकदिवसीय वरीयता खस्कियो

इकागज |
असार २६, २०८० मंगलबार ११:३३ बजे

काठमाडौँ- नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झरेको हो ।

आईसीसीको नयाँ वरीयताअनुसार नेपाल १५ औँ स्थानमा झरेको छ । जिम्बाब्वेमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेल्न जानुअघि नेपाल १४ औँ स्थानमा रहेको थियो ।


विश्वकप छनोटमा भने नेपाल केवल २ खेल जित्दै समग्रमा आठौं स्थानमा रहेको थियो ।

एसोसिएट राष्ट्रतर्फ स्कटल्यान्ड (१२ औँ) शीर्ष स्थानमा रहँदा आयरल्यान्ड र नेदरल्यान्ड्स पनि नेपाल भन्दा माथि रहेका छन् ।

नामिबिया, अमेरिका, ओमान र यूएई नेपालभन्दा पछाडी रहेका छन् ।


Author

थप समाचार
x