क्रिकेट

पाकिस्तानले विश्वकपका लागि टिम घोषणा गर्दा नसिम शाह टिम बाहिर

इकागज |
असोज ५, २०८० शुक्रबार १३:३ बजे

काठमाडौँ- भारतमा अक्टोबर ५ बाट सुरु हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि पाकिस्तानले टिमको घोषणा गर्दा फास्ट बलर नसिम शाहले टिममा स्थान पाएका छैनन् ।

पाकिस्तान र श्रीलंकामा सम्पन्न एसीसी एसिया कपका क्रममा घाइते भएपछि नसिमले विश्वकप पनि गुमाउने भएका हुन् ।


उनको स्थानमा पाकिस्तानको १५ सदस्यीय टिममा हसन अलीले स्थान पाएका छन् ।

पाकिस्तानले नेदरल्यान्ड्ससँग अक्टोबर ६ मा खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

पाकिस्तानको टिमः


Author

थप समाचार
x