क्रिकेट

यू-१९ प्रिमियर कप : नेपालले भोलि बहराइनविरुद्ध खेल्ने

इकागज |
असोज २७, २०८० शनिबार १६:१ बजे

काठमाडौँ- मलेसियामा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले भोलि बहराइनविरुद्ध खेल्दैछ ।

समूह ‘ए’ मा रहेका नेपाल र बहराइनबीचको खेल बायुमास ओभलमा नेपाली समयअनुसार विहान ७:१५ बजेबाट सुरु हुनेछ ।


प्रतियोगितामा नेपाल लगातार दोस्रो जित हात पार्न चाहन्छ । यसअघि पहिलो खेलमा नेपालले इरानलाई २ सय ७४ रनले पराजित गरेको थियो । नेपालको जितमा कप्तान देव खनालले शतक पूरा गरेका थिए ।

बहराइनले भने पहिलो खेलमा साउदी अरेबियासँग ६७ रनको पराजय भोगेको थियो ।


Author

थप समाचार
x