क्रिकेट

यू-१९ प्रिमियर कप : दिपेशले ६ विकेट लिँदा नेपालविरुद्ध बहराइन ७७ रनमै ‘अलआउट’

इकागज |
असोज २८, २०८० आइतबार १०:३३ बजे

काठमाडौँ- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दिएको छ ।

बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७.५ ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमात्र जोड्न सक्यो ।


बहराइनका लागि मुहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाए । बहराइनका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि दिपेश कँडेलले ९.५ ओभर बलिङ गर्दै ६ विकेट हात पार्दा केवल ४ रन खर्चिएर ८ मेडन ओभर फालेका थिए । यू-१९ एकदिवसीयमा कँडेलको यो मेडन ओभरका हिसाबले विश्व कीर्तिमान हो ।

दुर्गेश गुप्ताले ४ विकेट लिए । उनले ओभर बलिङ गर्दा केवल रन खर्चिए ।


Author

थप समाचार
x