क्रिकेट

यू-१९ प्रिमियर कपः देवको शतकमा नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य

इकागज |
कात्तिक ७, २०८० मंगलबार १०:१६ बजे

काठमाडौँ- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई २८१ रनको लक्ष्य दिएको छ ।

क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो ।


नेपालका लागि कप्तान देव खनालले ९२ बलमा ९ चौका र ३ छक्काको मदतमा १ सय रन बनाए । उत्तम रंगु थापा मगरले ५७ रन तथा अर्जून कुमालले ५५ रन बनाए । दिपक प्रसाद डुम्रेले २८ रन जोडे ।

यूएईका लागि हारित सेट्टीले सर्वाधिक ५ तथा आयान अफजल खानले २ र अमर बदामीले १ विकेट लिए ।


Author

थप समाचार
x