क्रिकेट

एकदिवसीय सिरिजः वेस्ट इन्डिजसँग इंग्ल्यान्ड पराजित

इकागज |
मंसिर १८, २०८० सोमबार ११:३ बजे

काठमाडौँ- घरेलु टोली वेस्ट इन्डिजले पाहुना टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल आफ्नो पक्षमा पारेको छ ।

आइतबार राति नर्थ साउन्डमा भएको पहिलो खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । यससँगै वेस्ट इन्डिजले सिरिजमा १-० को अग्रता लिएको छ ।


आइतबार राति जितका लागि चाहिएको ३ सय २६ रनको विशाल लक्ष्य वेस्ट इन्डिजले ४८ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

वेस्ट इन्डिजको जितमा कप्तान शाई होपले अविजित १ सय ९ रन तथा एलिक अथानेजले ६६ रनको योगदान गरे ।

इंग्ल्यान्डका गस अट्किन्सन र रेहान अहमदले समान २-२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २५ रन जोड्यो । इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले ७१ रन तथा ज्याक क्रलीले ४८ रन जोडे ।

वेस्ट इन्डिजका लागि रोमारियो शेफर्ड, गुडाकेस मोटी र ओसाने थोमसले एक-एक विकेट हात पारे ।


Author

थप समाचार
x