क्रिकेट

भारतविरुद्धको क्रिकेट सिरिजका लागि दक्षिण अफ्रिकाले तोक्यो दुई कप्तान

इकागज |
मंसिर १८, २०८० सोमबार १४:११ बजे

काठमाडौँ- भारतविरुद्धको तीनवटै फर्म्याट क्रिकेट सिरिजका लागि घरेलु टोली दक्षिण अफ्रिकाले दुई कप्तान चयन गरेको छ ।

दक्षिण अफ्रिका र भारतले डिसेम्बर १० तारिखबाट ३ खेलको टी-ट्वान्टी सिरिज, ३ खेलको एकदिवसीय सिरिज तथा २ खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको छ ।


टेस्ट सिरिजका लागि दक्षिण अफ्रिकाले टेम्बा बाभुमाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टेस्ट टिममा फास्ट बलर नान्द्रे बर्गर तथा ब्याटर डेभिड बेडिङ्घम र ट्रिस्टान स्टब्सले पहिलो पटक स्थान पाएका छन् ।

यता टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि आइडेन मारक्राम कप्तान चयन भएका छन् । टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि टेम्बा बाभुमा भने टिममा छैनन् ।


Author

थप समाचार
x