क्रिकेट

काठमाडौँ जिल्ला अपराजित रहँदै क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन

इकागज |
मंसिर १८, २०८० सोमबार १५:५९ बजे

काठमाडौँ- प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको बागमती छनोटअन्तर्गत काठमाडौँ जिल्ला च्याम्पियन बनेको छ ।

सोमबार ललितपुर जिल्लालाई चार विकेटले पराजित गर्दै काठमाडौँ छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ ।


चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले दिएको ५५ रनको लक्ष्य काठमाडौँले १६ ओभर १ बलमा ६ गुमाउँदै पूरा गर्‍यो ।

काठमाडौँलाई जित दिलाउन कप्तान अस्मिना कर्माचार्यले अविजित १३ रनको योगदान गरिन् । ललितपुरका लागि यशु पाण्डे र सविकाकुमारी यादवले समान दुई-दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५४ रन जोड्यो ।

ललितपुरका लागि सविकाकुमारी यादवले १४ र यशु पाण्डेले १३ रन जोडे । काठमाडौँका लागि विपिशा शाही र खुसी डंगोलल समान तीन विकेट लिए ।

प्रतियोगितामा काठमाडौँकी खुसी डंगोल सर्वोकृष्ट खेलाडी तथा उत्कृष्ट बलर तथा अस्मिता खरेल उत्कृष्ट ब्याटर घोषित भए ।


Author

थप समाचार
x