क्रिकेट

म्याक्सवेल भन्छन्- हिँड्न नसक्ने भएसम्म आईपीएल खेलिरहने छु

इकागज |
मंसिर २०, २०८० बुधबार १४:३ बजे

काठमाडौँ- अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेलले आफू हिँड्न नसक्ने भएपछि मात्र इन्डियन प्रिमियर लिग खेल्न छाड्ने बताएका छन् ।

अस्ट्रेलियाको बीग बास लिग खेल्नका लागि मेलबर्न पुगेका म्याक्सवेलले आईपीएलले आफ्नो क्रिकेट जीवनमा पारेको प्रभावबारे बताउँदै उनले आफू हिँड्न नसक्ने भएपछि मात्र आईपीएल खेल्न छाड्ने उल्लेख गरेको आईएएनएसले जनाएको छ ।


म्याक्सवेलले आफ्ना लागि अन्तिम प्रतियोगिता नै आईपीएल हुने समेत बताए । म्याक्सवेल सन् २०२१ देखि रोयल च्यालेन्जर्स बैँग्लोरबाट खेल्दै आएका छन् ।


Author

थप समाचार
x