क्रिकेट

केपी ओली कप जित्‍ने मधेश प्रदेश टिमले पाँच लाख पाउने

इकागज |
मंसिर २०, २०८० बुधबार १४:७ बजे

तस्बिरः रहमत अलीको सामाजिक सञ्जालबाट

काठमाडौँ- केपी ओली कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको मधेश प्रदेश टिमका खेलाडी तथा पदाधिकारीलाई मधेश प्रदेश सरकारले नगदसहित सम्मान गर्ने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पहिलोपटक राष्ट्रिय प्रतियोगिता जितेको मधेश प्रदेश टिमलाई बधाइ दिने क्रममा उक्त पुरस्कारको घोषणा गरेका हुन् ।


मुख्यमन्त्री यादवले टिमका खेलाडी तथा पदाधिकारीलाई नगद पाँच लाख प्रदान गर्ने घोषणा गरे ।

पोखरामा मंसिर १५ गते सम्पन्न फाइनलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको थियो ।

 


Author

थप समाचार
x