क्रिकेट

यू-१९ एसिया कप

जिशनले ६ विकेट लिँदा पाकिस्तानविरुद्ध नेपाल १५२ रनमा अलआउट

इकागज |
मंसिर २२, २०८० शुक्रबार १४:४९ बजे

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई) मा आजबाट सुरु भएको एसीसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ ।

समूह 'ए' अन्तर्गत दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर २ बलमा सबै विकेट गुमाएर रन जोड्यो ।


नेपालका लागि उत्तम मगरले ५१ रन तथा दिपेश कँडेलले ३१ रनको योगदान गरे । एक समयमा नेपाल १७ ओभरभित्र ५ विकेट गुमाएर ४६ जोडे पनि उत्तम र दिपेशले छैँटौँ विकेटका लागि ७० रनको साझेदारी गरेका थिए ।

यता अर्जुन कुमाल २१ रन, तिलक भण्डारी ७ रन, आकाश त्रिपाठी ६ रन तथा गुल्सन झा १ रन बनाएर आउट हुँदा कप्तान देव खनाल शून्य रनमा पभेलियन फर्किए ।

पाकिस्तानका लागि मोहम्मद जिशनले सर्वाधिक ६ विकेट हात पारे ।


Author

थप समाचार
x