क्रिकेट

भोलि क्यानाडालाई पराजित गरे एक खेलअगावै नेपालले सिरिज जित्ने

इकागज |
माघ २६, २०८० शुक्रबार १६:३५ बजे

काठमाडौँ- घरेलु टोली नेपाल र पाहुना टोली क्याडानाबीचको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल शनिबार हुँदैछ ।

नेपाल र क्यानाडाबीचको दोस्रो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


शनिबारको खेलमा जित हात पारे नेपालले क्यानाडाविरुद्धको सिरिज एक खेलअगावै जित्ने छ । यसअघि बिहीबार भएको खेलमा नेपालले क्यानाडालाई ७ रनले पराजित गरेको थियो ।

दोस्रो खेलमा क्यानाडाले जित हात पारे सोमबार हुने अन्तिम खेलबाट सिरिज विजेताको टुंगो लाग्नेछ ।

बिहीबारको खेलमा नेपाललाई जित दिलाउन कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट हात पार्दा कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान गरेका थिए ।


Author

थप समाचार
x