क्रिकेट

ज्ञानेन्द्र, शक्ति र रिजनले पूरा गरे आईसीसी लेभल-२ कोचिङ कोर्ष

इकागज |
फागुन १, २०८० मंगलबार १२:१८ बजे

काठमाडौँ- पूर्व नेपाली राष्ट्रिय क्रिकेटर ज्ञानेन्द्र मल्ल, शक्त गौचन र रिजन प्रजुले इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) लेभल-२ कोचिङ कोर्ष पूरा गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले जनाएअनुसार पूर्व कप्तान ज्ञानेन्द्रसँगै शक्ति र रिजनले सिंगापुरबाट लेभल-२ कोचिङ कोर्ष पूरा गरेका हुन् ।


अन्तिम परिणामअनुसार ज्ञानेन्द्र शीर्ष स्थानमा रहेका थिए । त्यसपछि शक्ति र रिजनको स्थान रहेको क्यानले जनाएको छ ।

गत डिसेम्बर ७ देखि १० तारिखसम्म सिंगापुरमा आयोजना भएको कोर्षमा उनीहरू सहभागी भएका थिए ।


Author

थप समाचार
x