क्रिकेट

आइसीसी क्रिकेट विश्वकप लिग–२ : आज नामिबिया र नेदरल्यान्ड्‌स भिड्दै

इकागज |
फागुन ७, २०८० सोमबार ७:२९ बजे

काठमाडौँ- आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्‌सबीच खेल हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय किर्तिपुरको खेल मैदानमा हुने यो खेल बिहान ९:३० बजेदेखि शुरु हुँदैछ ।


नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस सिरिजमा विजयी सुरुवात गरेको छ भने नेदरल्यान्ड्‌सले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार व्यहोरेर दोस्रो खेल खेल्दै छ ।

लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्यान्ड्‌स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

आइसीसीका अनुसार लिग–२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

खेल तालिकाः
फागुन ७ गते सोमबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन ९ गते बुधबारः नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबारः  नेपालविरुद्ध नेदरल्यान्ड्स  


Author

थप समाचार
x