क्रिकेट

टेस्ट क्रिकेट : दोस्रो दिनको समाप्तिमा इंग्ल्यान्डविरुद्ध भारत १३४ रनले पछाडि

इकागज |
फागुन १२, २०८० शनिबार १७:९ बजे

काठमाडौँ- पाहुना टोली इंग्ल्यान्डविरुद्धको पाँच खेलको टेस्ट सिरिजको चौथो खेलको दोस्रो दिन समाप्त हुँदा भारत १ सय ३४ रनले पछि परेको छ ।

राँचीमा जारी खेलमा इंग्ल्यान्डले पहिलो इनिङ्समा बनाएको ३ सय ५३ रनको जवाफमा दोस्रो दिनको समाप्तिमा भारतले ७ विकेट गुमाएर २ सय १९ रन बनाएको छ ।  


भारतका पहिलो इनिङ्समा ओपनर यशस्वी जयसवाल ७३ रन तथा शुवमन गिल ३८ रनमा आउट हुँदा ध्रुव जुरेल ३० रन तथा कुलदिप यादव १७ रनमा अविजित छन् ।

इंग्ल्यान्डका लागि शोएब बशिरले ४, टम हार्टलीले २ तथा जेम्स एन्डरसनले १ विकेट हात पारेका छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा सबै विकेट गुमाएर ३ सय ५३ रन जोड्यो । इंग्ल्यान्डका लागि जो रुटले अविजित १ सय २२ रन तथा ओली रोविनसनले ५८ रन बनाए ।

भारतका लागि रविन्द्र जडेजाले ४, आकाश दिपले ३, मोहम्मद सिराजले २ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए ।


Author

थप समाचार
x