क्रिकेट

टी-ट्वान्टी सिरिज

नेपाल र नामिबियाबीचको खेल भोलि

इकागज |
फागुन १४, २०८० सोमबार १६:५५ बजे

तस्बिरः क्यान

काठमाडौँ- नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज भोलि मंगलबारबाट नेपालमा सुरु हुँदैछ ।

सिरिजको पहिलो खेलमा नेपालले नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलि बिहान ११:३० बजेबाट सुरु हुने तालिका रहेको छ ।


सिरिजअन्तर्गत नेपालले दोस्रो नेदरल्यान्ड्सविरुद्ध फेब्रुअरी २८ तारिखमा खेल्नेछ । नेपालले तेस्रो खेल नामिबियाविरुद्ध मार्च १ तथा चौथो खेल नेदरल्यान्ड्सविरुद्ध मार्च २ तारिखमा खेल्नेछ ।


Author

थप समाचार
x