क्रिकेट

नामिबियापछि नेदरल्यान्ड्ससँग पनि हार्‍यो नेपाल

इकागज |
फागुन १६, २०८० बुधबार १४:५६ बजे

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग हारेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध पनि पराजय भोगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले नेदरल्यान्ड्ससँग २ रनको पराजय भोगेको हो । पहिलो खेलमा मंगलबार नेपालले नामिबियाविरुद्ध २० रनको हार भोगेको थियो ।


बुधबारको खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५० तथा आशिफ शेखले ३४ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ६३ रन जोडे ।

नेदरल्यान्ड्सका लागि रोएलोफ भान र सायब्रान्ड इन्गलब्रेचले २-२, आर्यन दत्त, टिम भान र भिभियन किंग्माले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५४ रन, सायब्रान्ड इन्गलब्रेचले ४९ रन तथा कप्तान स्कट इडवार्ड्सले ३३ रन बनाए ।

नेपालका लागि करण केसी र कुशल मल्लले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x