क्रिकेट

नेपाल र हङकङबीचको टी-ट्वान्टी खेल नतिजाविहीन

इकागज |
फागुन २७, २०८० आइतबार १४:१० बजे

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको नेपाल र आयोजक हङकङबीचको पहिलो खेल नतिजाविहीन बनेको छ ।

वर्षाका कारण सिरिजको पहिलो खेल नतिजाविहीन बनेको हो ।


मङककमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन जोड्दा वर्षाले खेल प्रभावित बनेको थियो ।

त्यसपछि तोकिएको समयभित्र वर्षा नरोकिएपछि खेल नतिजाविहीन बनेको हो ।

८ ओभरभित्र हङकङका लागि अन्शुमन रथले अविजित ३६ रन जोड्दा बाबर हायात ३ रनमा नटआउट थिए ।

कप्तान निजाकत खान २५ रन तथा मार्टिन कोएट्जी शून्य रनमा आउट भए ।

नेपालका लागि करण केसी र गुल्सन झाले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x