क्रिकेट

आर्मीले जित्यो कोशी प्रदेश क्रिकेट ट्रफीको उपाधि

इकागज |
चैत ३, २०८० शनिबार १६:३८ बजे

काठमाडौँ- त्रिभुवन आर्मी क्लबले कोशी प्रदेश ट्रफी राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगरमा शनिबार भएको फाइनलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।


उपाधिका लागि १ सय ११ रनको लक्ष्य आर्मीले १२ ओभर २ बलमा केवल १ विकेट गुमाएर पूरा गर्‍यो ।

आर्मीको जितमा तृत राज दासले अविजित ५० रन तथा इमरान शेखले ३८ रन र सन्तोष कार्कीले २१ रनको योगदान गरे । कर्णालीका दिनेश अधिकारीले एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय १० रन जोड्यो ।

कर्णालीका लागि विपिन रावलले २७ तथा कप्तान रविन्द्र शाही र मनिष थापाले समान २१-२१ रन बनाए ।

आर्मीका लागि सुमन श्रेष्ठ, तृत राज दास, बसिर अहमद र शहाब आलमले समान २-२ तथा पवन कार्कीले १ विकेट हात पारे ।

 


Author

थप समाचार
x