क्रिकेट

भारतमा नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातार दोस्रो जित

इकागज |
चैत २०, २०८० मंगलबार १८:४७ बजे

काठमाडौँ- भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले मंगलबार बरोडा क्रिकेट एसोसिएसनको टिमलाई २७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुँदै १२९ रन बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।


नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९-९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।

बरोडाका बलर बाबा खानले २ विकेट तथा परिक्षित पाटीदार र मोहित मोंगीयाले एक/एक विकेट लिएका थिए ।

नेपालको यो लगातार दोस्रो जित हो । यसअघि नेपालले गुजरात क्रिकेट एसोसिएसनलाई पराजित गरेको थियो । अब नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शीर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।  


Author

थप समाचार
x