क्रिकेट

भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा नेपाल र गुजरात खेल्ने

इकागज |
चैत २२, २०८० बिहीबार १९:२ बजे

काठमाडौँ- भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा नेपाल र गुजरात क्रिकेट एसोसिएसनको टिम खेल्ने भएका छन् । बिहीबार सम्पन्न खेलमा गुजरातले बरोडा क्रिकेट एसोसिएसनको टिमलाई ५७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गरेर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । यद्यपि लिग चरणमा शुक्रबार नेपाल र बरोडाबीच खेल हुने छ ।


फ्रेन्डसिप कपको फाइनल खेल भने आइतबार अप्रिल ७ मा हुने छ ।   


Author

थप समाचार
x