क्रिकेट

शेफिल्डलाई हराउँदै शीर्ष स्थानमा उक्लियो लिभरपुल

इकागज |
चैत २३, २०८० शुक्रबार ७:३ बजे

काठमाडौँ- लिभरपुल इङ्‌लिश प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

गएराति भएको खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेपछि लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।


लिभरपुलको जितमा डर्विन नुनेज, एलेक्सिस म्याक्स अलिस्टर र कोडी गाक्पोले एक-एक गोल गरेका थिए ।

त्यसैगरी शेफिल्डका लागि एक गोल लिभरपुलकै कोनोर बार्डलीले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको ३० खेलमा ७० अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको आर्सनलको ३० खेलमा ६८ अंक छ भने तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३० खेलमा ६७ अंक रहेको छ ।

त्यसैगरी शेफिल्ड युनाइटेडको भने ३० खेलमा केवल १५ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।


Author

थप समाचार
x