क्रिकेट

फ्रेन्डसिप कपमा आज नेपाल र बरोडा भिड्‌दै

इकागज |
चैत २३, २०८० शुक्रबार ७:२८ बजे

फाइल तस्बिर

काठमाडौँ- भारतमा जारी फ्रेन्डसिप कप अन्तर्गत नेपालले आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ ।

फ्रेन्डसिप कपको लिग चरणको अन्तिम खेलमा आज नेपाली समयअनुसार दिउँसो २:४५ बजेदेखि यो खेल शुरु हुँदैछ ।


यस फ्रेन्डसिप कपमा नेपालले यसअघि शुरुका तीनै खेल जितेर फाइनलमा पुगिसकेको छ भने गुजरात क्रिकेट एसोसियसनको टिमले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा पुगेको छ । बरोडाले आफ्ना यसअघिका तीनै खेलमा हार ब्यहोरेर बाहिरिएको छ । त्यसैले यस खेलको नतिजाले कुनै फरक नपार्ने भएको छ ।

नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीचको फाइनल खेल आइतबार हुँदैछ ।


Author

थप समाचार
x