क्रिकेट

एसीसी प्रिमियर कप : यूएई र ओमानको विजयी सुरुवात

इकागज |
चैत ३०, २०८० शुक्रबार १५:२८ बजे

काठमाडौँ- ओमानमा शुक्रबारबाट सुरु भएको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (यूएई) र ओमानले विजयी सुरुवात गरेका छन् ।

समूह 'बी' अन्तर्गत यूएईले कुवेतलाई ७ विकेटले पराजित गरेको हो । जितका लागि चाहिएको १ सय ७९ रनको लक्ष्य यूएईले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।


यूएईको जितमा अलिशान शाराफुले ९० रन तथा आशिफ खानले ७४ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन बनायो ।

यता अर्को खेलमा ओमानले बहराइनलाई ३ रनले पराजित गर्‍यो ।

जितका लागि १ सय ७८ रनको लक्ष्य पछ्याएको बहराइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो ।

त्यसअघि ओमानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७७ रन जोडेको थियो ।


Author

थप समाचार
x