क्रिकेट

एसीसी प्रिमियर कप : कतारविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

इकागज |
बैशाख १, २०८१ शनिबार १६:१ बजे

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

समूह 'ए' अन्तर्गत टस जितेर नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालले कतारलाई भने पहिला बलिङका लागि निम्तो दिएको छ ।


यसअघि नेपालले शुक्रबार मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । कतारले भने हङकङसँग २६ रनको पराजय भोगेको थियो ।


Author

थप समाचार
x