क्रिकेट

हैदराबादले ३०० रन बनाउन खोजिरहेको अस्ट्रेलियन ब्याटर हेडको भनाइ

इकागज |
बैशाख ४, २०८१ मंगलबार १५:२८ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब सनराइजर्स हैदराबादका ब्याटर ट्राभिस हेडले जारी आईपीएलमा हैदराबादले ३ सय रन कटाउने लक्ष्य राखेको बताएका छन् ।

सोमबार रातिको खेलमा रोयल च्यालेन्जर्स बैँगलुरुविरुद्ध हैदराबादले कीर्तिमानी २ सय ८७ रन बनाएपछि  हेडले आफ्नो टिमको लक्ष्य ३ सय रन कटाउने रहेको बताएका रोयटर्सले जनाएको छ ।


यसअघि हैदराबादले मुम्बई इन्डियन्सविरुद्ध २ सय ७७ रन बनाएको थियो । उक्त कीर्तिमानलाई तोड्दै हैदराबादले बैँगलुरुविरुद्ध २ सय ८७ रन बनाएको हो ।

बैँगलुरुविरुद्ध अस्ट्रेलियन ब्याट्सम्यान हेडले ४१ बलमा १ सय २ रन बनाएका थिए । अस्ट्रेलियाकै प्याट कमिन्सको कप्तानीमा रहेको हैदराबादले बैँगलुरुलाई २५ रनले पराजित गरेको थियो ।

हेडका अनुसार हैदराबादसँग हेनरिच क्लासेन, अब्दुल सामाद र नितिस कुमार जस्ता विष्फोटक ब्याटर रहेका कारण आफ्नो टिमले ३ सय रन बनाउने लक्ष्य राखेको बताए ।


Author

थप समाचार
x