क्रिकेट

आईपीएल : कलकतामाथि राजस्थानको रोमाञ्चक जित

इकागज |
बैशाख ५, २०८१ बुधबार १०:३० बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले कलकता नाइट राइडर्समाथि रोमाञ्चक जित हात पारेको छ ।

मंगलबार राति सम्पन्न खेलमा राजस्थानले कलकताविरुद्ध २ विकेटको जित हात पारेको हो ।


जितसँगै शीर्ष स्थानमा रहेको राजस्थानले ७ खेलबाट १२ अंक जोडेको छ । यता दोस्रो स्थानको कलकताको ६ खेलमा ८ अंक छ ।

मंगलबार रातिको खेलमा २ सय २४ रनको लक्ष्य राजस्थानले निर्धारित २० ओभरको अन्तिम बलमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

राजस्थानको जितमा जोस बटलरले ६० बलमा ९ चौका र ६ छक्काको मदतमा १ सय ७ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २३ रन जोड्दा सुनिल नारायणले ५६ बलमा १ सय ९ रन बनाए । उनले १३ चौका र ६ छक्का हिर्काए ।


Author

थप समाचार
x