क्रिकेट

एसीसी प्रिमियर कप : साउदी अरेबियाविरुद्ध बलिङ गर्दै नेपाल

इकागज |
बैशाख ५, २०८१ बुधबार १४:११ बजे

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले साउदी अरेबियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

समूह 'ए' अन्तर्गत अल अमेरातमा टस जितेर नेपालले साउदी अरेबियाविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेको हो ।


नेपालले साउदी अरेबियालाई भने पहिला ब्याटिङका लागि निम्तो दिएको छ ।

जारी प्रतियोगितामा नेपालले अघिल्ला तीनवटै खेलमा जित हात पारेर समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।


Author

थप समाचार
x