क्रिकेट

एसीसी प्रिमियर कप : नेपालको लगातार चौथो जित

इकागज |
बैशाख ५, २०८१ बुधबार १५:५७ बजे

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ ।

समूह 'ए' अन्तर्गत अल अमेरातमा बुधबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको हो ।


यससँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलको यात्रा तय गरेको छ । यस समूहबाट हङकङले पनि अन्तिम चारको यात्रा सुनिश्चित गरेको छ ।  

बुधबारको खेलमा साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य नेपालले ७ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा गुल्सन झाले ३२ रन, कप्तान रोहित पौडेलले १६ रन तथा दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए । साउदी अरेबियाका लागि इश्तियाक अहमदले २ तथा वाजी उल हसन र उस्मान नजिबले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले तय गरिएको ८ ओभरमा ७ विकेट गुमाएर ७३ रन बनायो ।

साउदी अरेबियाका लागि अब्दुल वाहिदले ३७ रन बनाए । नेपालका लागि करण केसी र अविनाश बोहराले २-२ तथा प्रतिश जिसी र ललित राजवंशीले १-१ विकेट हात पारे ।

समूह 'ए' कै अर्को खेलमा हङकङले मलेसियालाई ७ विकेटले पराजित गर्‍यो । जितका लागि चाहिएको १ सय ४१ रनका लक्ष्य हङकङले १२ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनायो ।


Author

थप समाचार
x