क्रिकेट

नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट

इकागज |
बैशाख ७, २०८१ शुक्रबार १३:२ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपालले पाँचौं विकेट गुमाएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले दिपेन्द्र सिंह ऐरीको रुपमा पाँचौं विकेट गुमाएको हो ।​

दिपेन्द्रले ८ बल खेलेर ५ रन बनाउँदै आयान खानको बलमा आउट भएका हुन् । यस अघि कुशलले ३ रन बनाउँदै बसिल हामिदको बलमा आउट भएका थिए भने कप्तान रोहित पौडेलले संघर्षपूर्ण ब्याटिङ गर्दै १८ बलमा केवल ५ रन बनाएर आउट भएका थिए । उनलाई युएईका बलर अलि नासीरले आउट गरेका थिए । यस अघि नेपालका आसिफ सेख ८ र कुशल भुर्तेल डक आउट भएका थिए ।


यो समाचार तयार गरुन्जेल नेपालले १३.२ ओभरमा ५ विकेट गुमाउँदै ७५ रन बनाएको छ ।


Author

थप समाचार
x