क्रिकेट

लखनउका कप्तान राहुल र चेन्नईका कप्तान रुतुराजलाई जनही १२ लाख जरिवाना

इकागज |
बैशाख ८, २०८१ शनिबार १४:० बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) टिम लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुल र चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाडलाई जनही १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ ।

आईपीएलको अनुशासन समितिले लखनउका कप्तान राहुल र चेन्नईका कप्तान रुतुराज गायकवाडलाई 'स्लो ओभर रेट' कायम गरेको भन्दै जनही १२/१२ लाख भारतीय रुपैयाँ जरिवाना गरेको आईएएनएसले जनाएको छ ।


शुक्रबार राति भएको खेलका क्रममा दुवै टिमले स्लो ओभर रेट कायम गरेपछि दुवै टिमका कप्तानलाई जरिवाना गरिएको हो ।

शुक्रबार रातिको खेलमा लखनउले चेन्नईलाई ८ विकेटले पराजित गरेको थियो । लखनउको जितमा राहुलले ८२ रन जोडेका थिए ।


Author

थप समाचार
x