क्रिकेट

एसीसी प्रिमियर कप : नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

इकागज |
बैशाख ८, २०८१ शनिबार १७:५३ बजे

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले हङकङलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।

अल अमेरातमा तेस्रो स्थानका लागि जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनायो ।


नेपालका लागि सन्दीप जोराले २२ रन बनाए । कप्तान रोहित पौडेलले २१ रन, कुशल मल्लले १३ रन तथा सोमपाल कामीले १२ रन जोडे । दिपेन्द्र सिंह ऐरीले ४४ रनको योगदान गरे ।

हङकङका लागि आयुष शुक्लाले ३ तथा एहसान खान, अतिक इक्वाल र यासिम मुर्ताजाले १-१ विकेट हात पारे ।

आजको खेलको विजेताले तेस्रो स्थान हात पार्नुका साथै एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।


Author

थप समाचार
x