क्रिकेट

४९ टेस्ट र ४५ एकदिवसीय खेलेका रोस्टनले नेपालविरुद्ध वेस्ट इन्डिजको कप्तानी गर्ने

इकागज |
बैशाख ११, २०८१ मंगलबार ११:० बजे

काठमाडौँ- नेपालविरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिजका लागि वेस्ट इन्डिज 'ए' को बलियो टिम घोषणा भएको छ ।

वेस्ट इन्डिजले ४९ टेस्ट, ४९ एकदिवसीय तथा ११ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका रोस्टन चेजको कप्तानीमा नेपालविरुद्धको सिरिजका लागि वेस्ट इन्डिज 'ए' को १५ सदस्यीय टिम घोषणा गरेको हो ।


त्यसैगरी, ४ टेस्ट र १० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका एलिस अथानेजलाई उप-कप्तान बनाइएको छ ।

टिममा फाबियन एलेन, कदिम एलेयन, जोसुआ बिशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क डेयाल, एन्ड्री फ्लेचर, म्याथ्यु फोर्ड, ओबेड म्याककोय, गुडाकेस मोटी, किमो पल, ओसाने थोमस र हायडेन वाल्स पनि टिममा रहेका छन् ।

प्रशिक्षकमा फ्लोयड रेफेर र सहायक प्रशिक्षकमा रायोन ग्रिफिथ रहेका छन् ।

नेपाल र वेस्ट इन्डिज 'ए' बीचको पाँच खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेल अप्रिल २७, दोस्रो खेल अप्रिल २८, तेस्रो खेल मे १, चौथो खेल मे २ तथा पाँचौँ खेल मे ४ तारिखमा कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा हुने तालिका रहेको छ ।


Author

थप समाचार
x