क्रिकेट

आईपीएलः चेन्नई र लखनउबीचको खेल आज राति

इकागज |
बैशाख ११, २०८१ मंगलबार १३:४६ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति चेन्नई सुपर किंग्सले लखनउ सुपर जायन्ट्सको सामना गर्ने भएको छ ।

चेन्नई र लखनउबीचको खेल चेन्नईस्थित एमए चिदमबरम स्टेडियममा नेपाली समयअनुसार राति ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।  


जारी आईपीएलमा चेन्नई र लखनउले समान ७-७ खेल खेल्दा दुवै टोलीले ४-४ खेलमा जित हात पारेका छन् ।

दुवै टोलीको समान ८-८ अंक भएपनि नेट रनरेटमा भने लखनउ भन्दा चेन्नई माथि छ ।


Author

थप समाचार
x