क्रिकेट

मलेसियन सुपर वुमन लिगमा इन्दुले नरदर्न क्विन्सको कप्तानी गर्ने

इकागज |
बैशाख ११, २०८१ मंगलबार १७:४८ बजे

काठमाडौँ- मलेसियन सुपर वुमन लिगमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले नरदर्न क्विन्स टिमको कप्तानी गर्ने भएकी छन् ।

मलेसियन क्रिकेट एसोसियसनले मंगलबार टिममा सहभागी खेलाडीको नाम सार्वजनिक गरेसँगै इन्दुले नरदर्न क्विन्सको कप्तानी गर्ने सुनिश्चित भएको हो । उक्त टिममा नेपालकी अश्मिना कर्माचार्य पनि रहेकी छन् ।


अप्रिल २७ देखि मे ५ तारिखसम्म आयोजना हुने लिगमा ५ टिमको सहभागिता रहेको छ भने नेपालबाट ६ महिला क्रिकेटरले खेल्ने सुनिश्चित भइसकेको छ ।

नेपालकी कविता कुँवरले साउदर्न जागुअर्स, सिता राना मगरले वेस्टर्न वन्डर वुमन्स, पुजा महतोले सेन्ट्रल सुपर गर्ल्स तथा रुविना क्षेत्रीले इस्टर्न लायोनेसबाट खेल्ने भएका छन् ।


Author

थप समाचार
x